आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनसँगै चाँदीको भाउमा पनि गिरावट आएका छ । संघका अनुसार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको हो ।
महासंघले आइतबारका लागि छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ९० हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको भाउ तोलाको १ हजार १८० रुपैयाँ तोकिएको छ ।
गत शुक्रबार भने सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेसँगै नेपालमा पनि बजार भाउ घटेको हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७८१ दशमलव ७७ डलर छ । शुक्रबार प्रतिऔंस १ हजार ७८५ दशमलव ९४ डलर थियो । यस्तै शुक्रबार प्रतिऔंस २३.२८ डलर रहेको चाँदी आइतबार २३.०२ डलरमा झरेर कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया