
नेपालमा सञ्चालित ७ वटा एअरलाइन्स कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ मा ५१ करोड ९८ लाख ८९ हजार रुपैयाँ करछली गरेको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनले आन्तरिक बाह्य (अन्तर्राष्ट्रिय) उडान गर्ने एअरलाइन्स कम्पनीहरुले कर छली गरी यात्रु ओसारपसार गरेको भन्दै छानबिन करछली रकम र त्यसमा लाग्ने शुल्क तथा ब्याजसहित असुल गर्न सरकारलाई महालेखाले निर्देशन दिएको छ ।
आन्तरिक राजस्व कार्यालय पुतलीसडकमा दर्ता रहेका ५ वटा, नयाँ बानेश्वरको एउटा र टंगालको एउटा गरी ७ वटा एअरलाइन्स कम्पनीहरुले कर छली गरेका हुन् ।
आयकर ऐन, २०५८ को दफा ७० अनुसार नेपालबाट प्रस्थान हुने यात्रु ओसारपसार गर्दा ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाई यातायातमा २ प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ ।
उक्त व्यवस्था अनुसार उडान भर्ने एअरलाइन्सको टिकट जुनसुकै देशबाट जारी भए पनि नेपालबाट प्रस्थान हुने यात्रुको आधारमा हवाई सेवामा कर लाग्ने गर्दछ ।
यसैगरी आन्तरिक राजश्व कार्यालय महाराजगञ्ज, र नयाँ बानेश्वर अन्तर्गतका ८ करदाताले २०७५/७६ मा विभिन्न जहाज कम्पनी मार्फत कार्गो ढुवानीमा ५ करोड ४४ लाख ६७ हजार रुपैयाँ कर असुल्न निर्देशन दिएको छ ।
ती आठ करदाताले १ अर्ब ८ करोड ९३ लाख ५७ हजार भुक्तानी गरेका ले सो सम्बन्धमा छानबिन गरी छुट भएको कर ५ करोड ४४ लाख ६७ हजार रुपैयाँ र सोमा लाग्ने शुल्क र ब्याज समेत असुल गर्नुपर्दछ ।
आयकर ऐन, २०५८ को दफा ७० (१) (ख) अनसुार नेपालबाट चलान गरिएको मालसामान ओसारपसार गर्दा हुने अन्तर चलानमा गैरबासिन्दा व्यक्तिलाई भक्तानी गर्दा ५ प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया