सुनचाँदी दुबैको मूल्य मंगलबार नेपाली बजारमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ६०० रुपैयाँ, तेजावी सुन ९१ हजार १०० रुपैयाँ र चाँदीको भाउ १ हजार २०० रुपैयाँ कायाम गरिएको छ ।
सोमबार छापावाला सुन तोलाको ९१ हजार १०० रुपैयाँ, तेजावी ९० हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार पनि सुन तोलाको २०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया