रुरु जलविद्युत परियोजना लिमिटेडले असोज १६ गते एकैदिन दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको भदौ ७ गते, सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसारमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट कम्पनीको १५ औं र १६ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।
सभाले प्रस्तावित चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि प्रस्तावित ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश पारित गर्नेछ ।
यसका साथै, बोनस शेयर जारीपछि जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरु छलफल गरी पारित गर्ने एजेण्डा सभामा छ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार असोज ६ गतेसम्म कायम शेयरधनीहरु मात्र बोनस प्राप्त गर्नुका साथै लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया