बेष्ट फाईनान्सको न्यूरोड शाखा स्थानान्तरण

0
Shares

बेष्ट फाईनान्स कम्पनी लिमिटेड (BFC) ले काठमाण्डौं महानगरपालिका २२ मा रहेको न्यूरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ ।

फाइनान्सले सोही वडाको न्यूरोड, पिपलवोट स्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधवार उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो ।

नयाँ शाखा कार्यालयको उदघाटन संस्थाका संचालक समितिका महिला संचालक श्रीमती सुशिला खनाल तथा नेपाल सुनचांदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

कार्यक्रममा न्यूरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु तथा संस्थाका पूर्व पदाधिकारी एव स्थानीय जनप्रतिनीधिको उल्लेखिय उपस्थिति रहेको थियो ।

नेपालको ४ वटा पुरानो फाईनान्स कम्पनीहरु मर्ज भई बनेको यस वेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत आफनो सेवा दिँदै आएको छ । संस्थाको प्रधान कार्यालय,कमलादी,काठमाडौमा रहेको छ ।

संस्थाबाट हाल डिजिटल बैकिङ्ग सेवा लगायत नेपाल राष्ट्र बैकको निति बमोजिम विभिन्न बचत योजना सहित सहुलियत कर्जाहरु समेत प्रदान गर्दै आएको फाइनान्स स्रोतले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।