दुई लघुवित्तको ३४ लाख १८ हजार कित्ता शेयर नेप्सेमा थपियो

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बहीबार दुईवटा कम्पनीका ३४ लाख १८ हजार कित्ता शेयर थपिएको छ ।

नेप्सको अनुसार ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर र नागबेली लघुवित्त विकास बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।

ग्रामीण विकासको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर र नागबेली लघुवित्तको १ लाख ४३ हजार ८०० कित्ता बोनस शेयर कारोबार लागि सूचीकृत भएको नेप्सेले जनाएको छ । यी शेयरहरु लगानीकर्ताको डिम्याट खातामा आएपछि नेप्सेमा किनबेच गर्न सकिने छ ।