नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल

0
Shares

नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा सुमनराज अर्याल चयन भएका छन् । बैंक सञ्चालक समितिको बिहीबार सम्पन्न बैठकले अर्याललाई सर्वसम्मत अध्यक्ष चुनेको हो ।

अध्यक्षमा चयन भएका अर्यालले आजै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेको नेपाल बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारीले जानकारी दिए ।

सञ्चालक समितिको अध्यक्ष अर्याल नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १० भाद्र २०७८, बिहिबार  १७ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।