एनएमबि बैंकले क्यापिटलबाट ३० प्रतिशत लाभांश पाउने

0
Shares

एनएमबि बैंकले क्यापिटलबाट चुक्ता पूँजीको ३० प्रतिशत लाभांश पाउने भएको छ । बैंककको क्यापिटलमा शतप्रतिशत लगानी रहेकाले क्यापिटलले वितरण गर्ने सबै लाभांश बैंकले पाउनेछ ।

एनएमबि क्यापिटल लिमिटेडको भदौ ३ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आवबाट क्यापिटलले चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ ।

बैंठकले असोज १ गते, शुक्रबार आरण्य बुटिक होटल, हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजे क्यापिटलको एघारौँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव अनुमोदन गर्नेछ ।

त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनमाथि छलफल, आव २०७७।७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने एजेण्डा छ ।

सभाले आर्थिक वर्ष २०७८।७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण पनि गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ११ भाद्र २०७८, शुक्रबार  १० : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।