युरोप पठाइदिने प्रलोभनमा ६ लाख ठगी गर्ने प्रहरी नियन्त्रणमा

0
Shares

नेपाल प्रहरीले युरोप पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।  प्

रहरीले काठमाडौंको कोटेश्वर बस्ने रामेछापका ३३ वर्षीय पोश बहादुर सुनुवारलाई पक्राउ गरेको हो ।

सुनुवारले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुष सहित ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया पठाइदिने र होटलमा काम लगाइदिने भन्दै उक्त रकम ठगी गरेका हुन् ।

प्रतिव्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका सुनुवारलाई बुधबार महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ११ भाद्र २०७८, शुक्रबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।