सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

0
Shares

सुनको मूल्य शुक्रबार नेपाली बजारमा बढ्दा चाँदीको भाउ भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा १० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ६०० रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार १०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २०० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन तोलाको ९१ हजार १०० रुपैयाँ, तेजावी सुन ९० हजार ६०० रुपैयाँ र चाँदी तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा कायम हुने सुनको भाउ अनुसार नेपालमा शनिबार बाहेक सातामा ६ दिन सुनको भाउ निर्धारण हुँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ भाद्र २०७८, शुक्रबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।