
मुक्तिनाथ क्यापिटलले चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
क्यापिटलले असोज १ गते आह्वान गरिएको १२ औं वार्षिक साधारण सभामा कर सहित चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ । सभा होटल क्राउन इम्पेरियल, रविभवन काठमाडौंमा दिउसो ४ बजे आह्वान गरिएको छ ।
यस्तै सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, नाफा नोक्सान हिसाब, वासलात लगायतका विषयमा छलफल गर्ने र आव २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने एजेण्डा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया