धितोपत्रको दोस्रो बजारमा अन्य कम्पनी सरह मूल्य बढेको जोशी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७७।७८ मा ३५ लाख ७१ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ ।
कम्पनीको विद्युत बिक्री आय बढेपनि फाइनान्सियल कस्ट बढ्दा कम्पनी नोक्सानीमा पुगेको हो । अघिल्लो आवमा पनि हाइड्रोपावर १ करोड ८५ लाख ५६ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । यसैगरी कम्पनीको जगेडा कोष ५ करोड ७३ लाख नोक्सानीमा रहेको छ । अघिल्लो आवमा ५ करोड ३७ लाख नोक्सानीमा रहेको थियो ।
गत आवमा कम्पनीले ३ करोड ६३ लाख ४४ हजार रुपैयाँ विदूत बिक्रीबाट आम्दानी गरेको छ । अघिल्लोआवमा १ करोड ६४ लाख ३१ हजार रहेकोमा यस्तो आम्दानी १२१.१९ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा कम्पनीको फाइनान्सियल कस्ट ४२.४५ प्रतितशले बढेर २ करोड ६२ लाख ६१ हजार पुगेको छ । अघिल्लो आवमा १ करोड ८४ लाख ५ हजार मात्र थियो ।
चुक्त पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ०.९६ रुपैयाँ नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ अघिल्लो आवभन्दा घटेर ८४.५७ रुपैयाँमा खुम्चिएको छ ।
कम्पनीको धितोपत्रको दोस्रो बजारमा शेयरमूल्य भने केही वाणिज्य बैंकहरुभन्दा धेरै प्रतिकित्ता ४२७ रुपैयाँ रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया