सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ को प्रतिफल वितरण गरेको छ ।
दुबै फण्डले गत आर्थिक वर्षको नाफाबाट समान कर सहित ३० प्रतिशतका दरले हुन आउने नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुलाइै उनीहरुको बैंक खातामा सोझै वितरण गरेको हो ।
दुबै फण्डको नगद लाभांश भदौ ९ गते, बुधबारबाट आफ्ना इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गर्न थालिएको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
दुबै फण्डले नगद लाभांश वितरण गर्नको लागि साउन ३२ गते एक दिनका लागि बुकक्लोज गरेका थिए । यसअजनुसार साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र यो लाभांश प्राप्त गर्नेछन् ।
हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्र प्रतिफल पाउनेछन् ।
फण्डको इकाई धितो राखी कर्जा लिएका इकाईधनीहरुले भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र लाभांश वितरण हुने जनाइएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया