स्रोत नखुलेको साढे १० लाख रुपैयाँ सहित पर्साबाट २ पक्राउ

0
Shares

नेपाल प्रहरीले स्रोत नखुलेको साढे १० लाख बढी रकम सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका–२ बाट स्रोत नखुलेको १० लाख ६३ हजार ६२० नेपाली रुपैयाँ र १ हजार ६०० भारतीय रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहारका ४५ वर्षीय बृजकिशोर गिरी र पर्सा धोबिनीका ५० वर्षीय रामपुकार पटेल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त रकम फेला परेको ईलाका प्रहरी कार्यालय जानकीटोलाले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १३ भाद्र २०७८, आइतबार  १४ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।