अरुण काबेली पावरको कम्पनी सचिवमा थानेश्वर भट्टराई नियुक्त

0
Shares

अरुण काबेली पावर (AKPL) को कम्पनी सचिवमा थानेश्वर भट्टराई नियुक्त भएका छन् । आइतबार सम्पन्न सञ्चालक समितीको बैठकले भट्टराईलाई नियुक्त गरेको हो ।

कम्पनी सचिव सृजना खड्काले गत भदौ १ गते दिएको राजीनामा भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

सोही बैठकले कम्पनीको सञ्चालकहरु मिलन खड्का र ईन्द्रमणि त्रितालले सञ्चालक पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ भाद्र २०७८, आइतबार  १५ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।