सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) गोलाप्रथाबाट शेयर प्राप्त गरेका ५ लाख ४० हजार लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ ।
इन्स्योरेन्सको शेयर आइतबार सम्बन्धीत शेयरधनीहरुको हितग्राही खाता (डिम्याट) मा जम्मा गरिएको हो । कम्पनीले शेयर एसएलआई (SLI) कारोबार संकेतमा डिम्याट खातामा जम्मा भएको छ ।

अब नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण सम्झौतापछि दोस्रो दिनबाट कम्पनीको आईपीओ धितोपत्रको दोश्रो बजारमा कारोबारका लागि योग्य हुनेछ । हाल कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियाको अन्तिम चरणमा रहेको छ । कम्पनीको आईपीओ यसै साता सूचीकरण सम्पन्न गरी कारोबार सूरू गर्ने हुनेछ ।
सानिमा लाईफले साउन २० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेमा कर्मचारीहरुलाई र सामूहिक लगानी कोषहरुलाई ३।३ लाख कित्ता छुट्टाएर बाँकी ५४ लाख कित्ता सर्वसाधारणमा बिक्री गरेको थियो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशका बमोजिम कम्पनीको आईपीओ ५ लाख ४० हजारले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका छन् । उक्त आईपीओको बाँडफाँड साउन ३० गते, शनिबार भएको थियो ।
कतिमा खुल्छ पहिलो कारोबार ?
नेप्सेले प्राथमिक शेयर जारी गरेर धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु गर्ने हरेक कम्पनीको पहिलो कारोबारको लागि सम्बन्धीत कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा तय भएको नेटवर्थलाई आधार मान्ने गरेको छ ।
यसअनुसार नेप्सेले नेटवर्थलाई न्यूनतम सीमा र नेटवर्थको तीन गुणासम्म अधिकतम सीमा तोकर ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।
इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/७६ को परिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०३.१७ रुपैयाँ छ ।
यसअनुसार सानिमा लाइफ इन्स्योरेन्सको आईपीओलाई नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम १०३.१७ रुपैयाँ देखि अधिकतम ३०९.५१ रुपैयाँ ओपनिङ रेञ्ज निर्धारण गर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया