सुनचाँदीको मूल्य सोमबार स्थीर

0
Shares

सुनचाँदीको मूल्य सोमबार नेपाली बजारमा स्थीर बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार स्थीर बनेको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ६०० रुपैयाँ, तेजावी ९१ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २१० रुपैयाँ कायम गरिएको छ ।

आइतबार प्रतितोला १० रुपैयाँले बढेर कारोबार भएको चाँदी पनि सोमबार रह्यो । आइतबार कायम भएको भाउमा नै सोमबार पनि चाँदीको कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ भाद्र २०७८, सोमबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।