
सुन चाँदी दुबैको मूल्य मंगलबार नेपाली बजारमा घटेको छ ।
दुई कारोबार दिन देखि निरन्तर स्थीर बनेको सुनको मूल्य मंगलबार तोलामा ४०० र चाँदी ५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार २०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ७०० रुपैयाँ र चाँदीको भाउ १ हजार २०५ रुपैयाँ कायम गरिएको छ ।
सोमबार छापावाला सुन तोलाको ९१ हजार ६०० रुपैयाँ, तेजावी ९१ हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया