ङादी ग्रुप पावर कम्पनी लिमिटेडले दुई वटा जलविद्युत आयोजनाको शेयर खरिद गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ १५ गते, मंगलबार बिहान सम्पन्न सञ्चालक समितिको बैठकले ती आयोजनको शेयर स्वामित्व खरीद गर्नेनिर्णय गरेको हो ।
बैठकले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सञ्चालन गरेको ९.६० मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजनाको ७६.५८ प्रतिशत र ३ मेगावाट क्षमताको माइखोला क्यास्केड आयोजनाको शतप्रशित शेयर किन्ने निर्णय गरेको कम्पनीका अध्यक्ष रबिन सुवेदीले नोटबजालाई जानकारी दिए ।
सुपरमाई ए जलविद्युत र माइखोला क्यास्केड आयोजना गरी दुबै जलविद्युत आयोजनाबाट हाल विद्युत उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया