मैलुङ खोलाको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट

0
Shares

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले बिओके क्यापिटल मार्केट लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । हालै मात्र सर्वसाधारणमा आईपीओ बिक्री गरेको कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत हुने प्रकृयामा रहेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले बिओके क्यापिटल मार्केट लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्ती गरेसँगै अब उप्रान्त कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू बिओके क्यापिटल मार्केट लिमिटेड मार्फत हुनेछ ।

जसअन्तर्गत बिओके क्यापिटल मार्केट लिमिटेडले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य हुनेछ ।

कम्पनीले साउन १४ देखि १९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको आईपीओ गोलाप्रथाबाट ६८ हजार ४७४ जनाले प्राप्त गरेका थिए । तीमध्ये भाग्यमानी ६ जनाले थप १।१ कित्ता गरी ११ कित्ता शेयर प्राप्त गरेका थिए ।

कम्पनीको आर्थिक वर्ष २०७६।७७ को वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९५.७५ रुपैयाँ छ । यसअनुसार नेप्सेले पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ९५.७५ रुपैयाँदेखि अधिकतम २८७.२५ रुपैयाँ ओपनिङ रेञ्ज निर्धारण गर्नेछ ।

नेप्सेले प्राथमिक शेयर जारी गर्ने हरेक कम्पनीको पहिलो कारोबारको लागि सम्बन्धीत कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा तय भएको नेटवर्थ देखि नेटवथको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ भाद्र २०७८, मंगलबार  १५ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।