सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्यापको प्रतिफल घोषणा

0
Shares

सानिमा क्यापिटलको व्यवस्थापनमा सानिमा म्युचअल फण्ड अन्तर्गत सञ्चालित दुई सामुहिक लगानी कोष योजनाहरु सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डको प्रतिफल घोषणा भएको छ ।

योजना व्यवस्थापक सानिमा क्यापिटलको भदौ १५ गते सम्पन्न सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्डका इकाइधनीहरुलाई कर सहित ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डका इकाइधनीलाई करसहित ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

यसअनुसार सानिमा इक्विटी फण्डका इकाइधनीहरुलाई ४२ करोड ९० लाख रुपैयाँ र सानिमा लार्ज क्याप फण्डका इकाइधनीलाई ४ करोड ८० लाख रुपैयाँ नगद लाभांश वितरण हुनेछ ।

सानिमा इक्विटी फण्ड १ अर्ब ३० करोड रुपैयाँ र सानिमा लार्ज क्याप फण्ड १ अर्ब २० करोडको आकारमा सञ्चालित सामुहकि लगानी कोष योजना हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १६ भाद्र २०७८, बुधबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।