विकास बैंकहरुमा कर्जाको माग बढेपनि निक्षेप सवा २ अर्बले घट्यो

0
Shares

चाडपर्व नजिकिँदै गर्दा विकास बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । राष्ट्रिय तथा क्षेत्रियस्तरका विकास बैंकहरुमा कर्जाको माग बढिरहदा निक्षेप भने घट्न थालेको छ ।

एक सतामा १५ वटा विकास बैंकहरुबाट २ अर्ब २३ करोड ६० लाख रुपैयाँ निक्षेप घटेको छ । गत भदौं ५ गतेसम्म विकास बैंकहरुको निक्षेप ४ खर्ब ८९ अर्ब ३७ करोड ७२ लाख रुपैयाँ रहेकोमा भदौ ११ सम्ममा ४ खर्ब ८७ अर्ब १४ करोड ११ लाख रुपैयाँमा झरेको छ । एक सातामा विकास बैंकहरुको निक्षेप ०.४६ प्रतिशत अर्थात २ अर्ब २३ करोड ६० लाख रुपैयाँले घटेको हो ।

यसअवधिमा राष्ट्रिय स्तरका विकास बैंकहरुको १ अर्ब ७३ करोड ३० लाख तथा क्षेत्रियस्तरका विकास बैंकहरुको ५० करोड ३० लाखले निक्षेप घटेको हो । डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालका अनुसार राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.४२ प्रतिशत तथा क्षेत्रियस्तरका विकास बैंकको निक्षेप ०.६९ प्रतिशतले गिरावट आएको हो।

विकास बैंकहरुको निक्षेप घटे पनि कर्जा परिचालनमा भने बढेको छ। पछिल्लो एक साताको अवधीमा ०.५७ प्रतिशतले विकास बैंकहरुको कर्जामा सुधार देखिएको छ । भदौ ११ गतेसम्म विकास बैंकहरुले ४ खर्ब २९ अर्ब ३४ करोड ७२ लाख रुपैयाँ कर्जा परिचालन गरेका छन् । जुन भदौ ५ गतेको तुलनामा २ अर्ब ४४ करोड ८६ लाख रुपैयाँले धेरै हो । भदौ ५ गतेसम्म ४ खर्ब २६ अर्ब ८९ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यसवअधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको ऋण लगानी ०.५४ प्रतिशतले बढेको छ। यो अवधिमा ऋण एक अर्ब ९५ करोड रुपैयाँले बढेर ३ खर्ब ६२ अर्ब ५३ करोड ८० लाख रुपैयाँ पुगेको छ। यस्तै क्षेत्रियस्तरका विकास बैंकहरुको कर्जा लगानी ०.७५ प्रतितशले बढेको छ ।

डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालले उपलब्ध गराएको तथ्यांकमा १८ वटा विकास बैंक सञ्चालनमा रहे पनि यो १५ वटाको मात्रै उपलब्ध छ । हाल ८ वटा राष्ट्रिय स्तरका विकास बैंक सञ्चालनमा छन् । उक्त तथ्याकंमा विजनेश कर्पोरेट डेभलपमेन्ट बैंक, सहारा विकास बैंक र साल्पा विकास बैंकको तथ्याकं समावेश गरिएको छैन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ भाद्र २०७८, बुधबार  १४ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।