
नेपाली सिने जगतकी चर्चित नायिका करिश्मा मानन्धरले व्यवसायमा आबद्ध भएकी छिन् । उनले अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाउन सफल इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामानलाई नेपालमा आधिकारिक रुपमा भित्र्याएकी हुन् ।
जसको आधिकारिक बिक्रेतामा रिसिक ट्रेडिङ कन्र्सन प्रालि रहेको छ । विश्व बजारमा आफुलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो रहेको कम्पनीको दाबी छ । यस कम्पनीले हरेक परिवारका लागि आवश्यक पर्ने इलोक्ट्रोनिक्सका सामानहरु उत्पादन गदै विश्व बजारमा उपलब्ध गराउदै आएको छ ।
रिसिक ट्रेडिङ कन्र्सनकी म्यानेजिङ डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलोक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अवदेखि यो ब्राण्डलाई नै रोज्नेमा आफु बिश्वस्त रहेको समेत बताइन् ।
२५ वर्ष अघिबाट यस ब्राण्डका सामानहरु बिश्व बजारमा आएपनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक नेपाल भित्रिएको हो ।
८ बर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्वर एक ब्राण्डको रुपमा स्थापित भएको थियो । क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउं नरहेको इन्टेक्स ब्राण्डका अन्तराष्ट्रिय ब्यापार प्रमुख बिश्वास अग्रवालले बताएका छन् ।
इन्टेक्स ब्राण्डका सामानको एक बर्ष देखि १० बर्ष सम्म वारेन्टी रहेको अग्रवालले जानकारी दिए ।
साथै नेपालमा आधिकारिक रुपमा भित्रिएको उक्त ब्राण्डलाई नम्वर १ बनाउने प्रयासमा आफुहरु रहेको उनले जानकारी दिए । यस संगै देशभर नै उक्त कम्पनीले सर्भिस सेन्टरहरुको स्थापना गरिसकेको छ ।
“हामीले राम्रो सामान सहि मुल्यमा उपभोक्तलाई उपलब्ध गराउदै आएका छौ” इन्टेक्स ब्राण्डका कन्टि म्यानेजर विनय जोशीले बताएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया