नेप्सेमा भारी गिरावट, सूचक २९२६ बिन्दुमा झर्यो

0
Shares

शेयर बजार सूचक मापक नेप्सेमा साताको अन्तिम कारोबार दिन बिहीबार पनि भारी रगरावट आएको छ । कारोबारमा आएका सबै समुहगत सूचक ओरालो लागेपछि नेप्सेमा उच्च गिरावट आएको हो ।

बिहीबार नेप्से १.७८ प्रतिशत अर्थात ५०.१३ अंकले घटेर २९२६ दशमलव ८९ बिन्दुमा झरेको छ । नेपाल राष्ट्र बैंकले ठूला लगानीकर्तालाई शेयर धितोकर्जामा १२ करोडको सीमा लगाएपछि नेप्सेमा निरन्तर गिरावट आइरहेको छ । त्यसैको निरन्तरतामा बिहीबार पनि आधा शतक बढीले घटेको छ ।

यस्तै ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ८.९० अंकले घटेर ५४१ दशमलव ७७ विन्दुमा झरेको छ । यस्तै बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा १५ करोड ४१ लाखले घटेको छ ।

यसदिन ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कूल २३० वटा कम्पनीको एक करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर १ लाख ५ हजार ७७५ वटा संख्यामा कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका मार्फत एकल ग्राहक सीमालाई १२ करोडमा सीमित गरेको थियो । नेपाल इन्भेष्टर्स फोरमले पनि बिहीबार नै अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी उक्त सीमा तत्काल खारेज गर्न माग गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका १३ समूहमध्ये विकास बैंक, फाइनान्स, जलविद्युत रलगानीको सूचक ३ प्रतिशतभन्दा धेरैले घटेको छ । जीवन बीमा, ब्यापार, निर्जीवन बीमा, उत्पादन, अन्यको समुहगत सूचक पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक ५७.४० करोडको कारोबार भएको छ । यस्तै अपि पावर ३२.९९ करोड, ङादी ग्रुप पावर २३.३१ करोड, युनाइटेड मोदी हाइड्रोपावर २२.२० करोड, र हिमालयन डिष्टिलरीको २०.११ करोडको शेयर कारोबारमा आएको छ । डिप्रोक्स लघुवित्त, नेपाल बैंक, अरुण काबेली, रिडी हाइड्रोपावर र नेपाल रि इन्स्योरेन्सको १५ करोडभन्दा बढी रकमको कारोबार भएको छ ।

बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आएको सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर ३३९.९० रूपैयाँ पुगेको छ । यस्तै मनकामना स्मार्ट लघुवित्तको पनि ९.९९ प्रतिशतले मूल्य बढेको छ । चन्द्रागिरी हिल्स लिमिटेड, खानीखोला हाइड्रोपावर, डिप्रोक्स लघुवित्त र कालिका लघुवित्त लगायतको मूल्य बढेको छ ।

यसदिन नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, अरुण काबेली पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ । एनआरएन, कर्णाली डेभलपमेन्ट बैंक, प्रोगेशिभ फाइनान्स, बेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, नयाँ सारथी लघुवित्त र लाइफ इन्स्योरेन्स कर्पोरेशनको मूल्य पनि ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: १७ भाद्र २०७८, बिहिबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।