राष्ट्रपतिद्वारा भदौ २३ गतेका लागि सङ्घीय संसद्को बैठक आह्वान

0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बोलाइएको छ । सरकारले गत साउन ३२ गते संसद् अधिवेशन अन्त्य गरेको थियो । केही महत्वपूर्ण विधेयक अगाडि बढाउने लक्ष्यका साथ सङ्घीय संसद्को बैठक आह्वान गर्न सिफारिस गरिएको बताइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ भाद्र २०७८, शनिबार  २१ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।