बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७६।७७ को नाफाबाट वितरण गरेको प्रतिशेयर १०० रुपैयाँ नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा सिधै गर्ने भएको छ ।
कम्पनीले इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत लगानीकर्ताको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा लाभांश गर्ने भएको हो ।
कम्पनीले हालसम्म पनि भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीलोई डिम्याट गर्न अनुरोध गरेको छ । डिम्याट गरेपछि मात्र हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा लाभांश पठाइने कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया