भार्गव विकास बैंकले संस्थापक शेयरको हिस्सा घटायो

0
Shares

भाार्गव विकास बैंकले संस्थापक साधारण शेयरको हिस्सा अनुपात ५१:४९ कायम गरेको छ। बैंकले आफ्नो संस्थापक शेयर संरचना घटाएर सो अनुपात कायम गरेको हो।

बैंकले भदौ १३ गते शुक्रबार संस्थापक समूहको २ लाख २५ हजार ७२० कित्ता सर्वसाधारण समूहमा परिवर्तन गरेको हो। उक्त संस्थापक शेयर परिवर्तनपछि बैंकमा संस्थापक साधारण शेयरको हिस्सा अनुपात ५१स्४९ कायम भएको छ।

यस अघि भार्गव विकास बैंकमा संस्थापक शेयर स्वामित्व ५५ दशमलव ५० र सर्वसाधारण शेयर स्वामित्व ४४ दशमलव ५० रहेको थियो। संस्थापकबाट साधारणमा परिवर्तन गरिएको बैंकको शेयरसाधारण शेयर सरह नेप्सेमा खरिद बिक्री गर्न सकिनेछ।

बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंकसँग प्राप्ती हुने प्कृयामा रहेकाले बैंकको हाल शेयर कारोबार रोक्का रहेको छ। गत असार २७ गते सम्पन्न विशेष साधारण सभाबाट शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले प्राप्ती गर्ने प्रस्ताव अनुमोदन भैसकेको छ । शाइन रेसुङ्गा भार्गवसँगै अर्को विकास बैंक पूर्णिमा विकास बैंकलाई पनि प्राप्ती गर्ने प्रकृयामा छ ।