उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम सार्वजनिक, आज पुरस्कार वितरण

0
Shares

सरकारले उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम सार्वजनिक गरेको छ ।

सरकारले मंगलबार निजामती कर्मचारी दिवसका अवसरमा दश जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिँदैछ ।

यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भने घोषणा गरिएको छैन । यो वर्ष सहित सरकारले पाँच वर्ष यता कुनै पनि कर्मचारीलाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार दिएको छैन। पाँच वर्षअघि भने एक जनालाई निजामती कर्मचारीलाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार वितरण गरिँदै आएको थियो ।

सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । दुई दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइने व्यवस्था भए पनि सर्वोत्कष्ट कर्मचारी सिफारिस गरिएको छैन ।

मुख्यसचिवको संयोजकत्वमा रहने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गरेको हो ।

समितिमा संघीय मामिला तथा सामान्य प्रशासन, कानुन मन्त्रालय र नेपाल सरकारले तोकेको नेपाल सरकारको कुनै सचिव र अवकाश प्राप्त पूर्वमुख्य सचिव हुन्छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ भाद्र २०७८, मंगलबार  १० : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।