आईमार्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष काफ्ले आईक्यान परिषद पार्षदमा निर्वाचित


विद्युतीय भुक्तानी तथा कार्ड प्रविधिमा काम गर्दै आएको आईमार्क प्रालिका प्रमुख कार्यकारी अधिकृत सिए सन्तोष काफ्ले नेपाल चार्टर्ड एकाउण्टेन्ट संस्था (आईक्यान) को नवौं परिषद पार्षदमा निर्वाचित भएका छन् ।

परिषदको चार्टर्ड एकाउण्टेन्ट्स समुहबाट पार्षद पदमा निर्वाचित काफ्लेसँग लामो समय विदेशमा रहेर काम गरेको अनुभव छ ।

आइतबार र सोमबार सम्पन्न परिषद निर्वाचनमा काफ्ले सहित १० जना निर्वाचित भएका हुन् । सिए भाष्कर लाला, युद्धराज ओली, राम चन्द्र खनाल, छेत्र गोपाल ध्वजु, पियुष आनन्द, सुजन कुमार काफ्ले, सुजन श्रेष्ठ, प्रविन कुमार झा र सुरेन्द्र श्रेष्ठ पनि परिषद पार्षदमा निर्वाचित भएका हुन् । उक्त पदका लागि १६ जनाले उम्मेदवारी दिएका थिए ।

कुल १७ सदस्यीय परिषदमा चार्टर्ड एकाउण्टेन्ट्स समुहबाट १०, दर्तावाला लेखापरीक्षक समुहबाट ४ र महालेखापरीक्षकको सिफरिसमा सरकारबाट ३ जना मनोनित हुने व्यवस्था छ । जसमा दर्तावाला लेखापरीक्ष समुहबाट भोलानाथ पाठक, पोषराज नेपाल, शंकर ज्ञवाली र केश बहादुर केसी निर्वाचित भएका छन् ।

अब महालेखापरीक्षकको सिफारिसमा सरकारले ३ जना पार्षद मनोनित गरे पछि परिषदले पुर्णता पाउने छ ।

गत जेठमा नै परिषदको निर्वाचन हुनु पर्नेमा कोरोना महामारीका कारण स्थगित भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।