सानिमा लाइफ इन्स्योरेन्स (
SLI) को शेयरमूल्यमा लगातार छैटौं कारोबार दिनमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता मूल्य ५४७.१० रुपैयाँ पुगेको छ ।
भदौ १७ गते बिहीबारदेखि धितोपत्रको दोस्रो बजारमा ३०९ रुपैयाँमा कारोबार खुलेको कम्पनीको मुल्य यसबीचमा २३८ रुपैयाँले बढेको हो । जुन पहिलो दिन कारोबार खुलेको मूल्यका आधारमा ७७ प्रतिशतको वृद्धि हो ।
साताको अन्तिम कारोबार दिन बिहीबार बजार खुलेको एक घण्टा नबित्दै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
बुधबार ४९७.४० रुपैयाँमा बन्द भई कारोबार खुलेको सानिमा लाइफको शेयरमूल्य अघिल्लो दिनको तुलनामा ९.९९ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ५४७.१० रुपैयाँ पुगेको हो ।
सर्किट लागेसँग कम्पनीको शेयर खरीदमा उच्च माग देखिएको छ । कम्पनीको शेयरमा बिक्रेताभन्दा शुन्य रहेका छन् भने साढे १ बजे ४ लाख २५ हजार ८९ कित्ताको खरीद अर्डर नेप्सेको अनलाईन कारोबार प्रणालीमा रहेको मार्केट डेप्थमा छ ।
कम्पनीको शेयर बुधबारसम्म जम्मा १ हजार ३३९ कित्ता शेयर कारोबार भएको छ भने बिहीबर साढे १ बजेसम्म २३० कित्ता कारोबारमा आएको छ । सर्वसाधारणमा ६० लाख कित्ता शेयर जारी गरेको कम्पनीको शेयर कारोबारमा नआउँदा उच्च मागको सिर्जना भएको हो ।
मूल्य बढ्ने आशमा आईपीऋो परेका लगानीकर्ताले सस्तो मूल्यमा शेयर बिक्री गर्न चाहेका छैनन् । अन्य जीवन बीमा कम्पनीको शेयरमूल्य पनि करिब ६०० रुपैयाँभन्दा माथि रहेको तथा नयाँ कम्पनीको शेयर न्यून परिमाणमा मात्र बिक्रीमा आएकाले मूल्य अझै माथि जानसक्ने आंकलनका आधारमा लगानीकर्ताले शेयर बिक्री गरेका छैनन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया