मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड

0
Shares

मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड भएको छ ।

मेगा क्यापिटल मार्केट्स लिमिटेडले मार्फत सर्वसाधारणमा भदौ ४ गतेदेखि १० गतेसम्म बिक्रीमा आएको फण्डको इकाई भदौ २३ गते बाँडफाँड गरिएको हो ।

क्यापिटलले प्रतिइकाई १० अंकित मूल्यमा १ अर्ब बराबरको १० करोड इकाई बिक्री गरेकोमा उच्च माग परेपछि २५ प्रतिशत इकाई थप गरी १२ करोड ५० लाख इकाई बाँडफाँड गरेको हो ।

मेगा म्युचुअल फण्ड–१ को इकाई खरीदका लागि म्युचुअल फण्डहरुको इतिहासमै धेरै आवेदन परेर रेकर्ड कायम भएको थियो । इकाई खरीदका लागि मागभन्दा बढी आवेदन पर्न आएकाले योजनाको आकारमा बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

क्यापिटलले १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना सञ्चालनका लागि इकाई बिक्री गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २४ भाद्र २०७८, बिहिबार  १४ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।