चिनियाँ ह्याकरको निशानमा नेपालका बैंक,अधिकांस बैंकका एटिम बन्द

0
Shares

नेपालका बैंकहरु चिनियाँ ह्याकरको निशानमा परेको खुलासा भएको छ । शुक्रबार राति प्रहरीले एटिएम ह्याक गरी पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेपछि चिनियाँ समूह सक्रिय रहेको खुलेको हो।

प्रहरीले शनिवार साँझ चार जना चिनियाँ नागरिकलाई नगदसहित पक्राउ गरेको छ। केही बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रणालीलाई चिनियाँ गिरोहले ह्याक गरेको हो

महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्ने उनीहरूलाई दरबारमार्ग्स्थित एक होटलबाट पक्राउ गरेको हो। परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको छ।

यो घटनासँगै अधिकांश बैंकका एटीएमहरु बन्द गरिएका छन् । तत्काल सुरक्षा अवस्था बुझ्न एटीएमहरु बन्द गरिएका हुन् । यसबाट सेवाग्राहीहरु भने मारमा परेका छन् ।