नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धनमा राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिकासँग सहकार्य गर्ने

0
Shares

नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद्, पञ्चेश्वोर गाउँपालिका बैतडीसग“ त्रिपक्षीय समझदारी गरेको छ ।

यस समझदारी अन्तर्गत सुुदुरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ ।

नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा, राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा। बाबुराम ढुङ्गाना र पञ्चेश्वोर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्ष्ँित गरि दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई कृषिक्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याक्ष्एको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।