नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार दुई म्युचुअल फण्डहरुको इकाईमूल्य समायोजन भएको छ।
नेप्सेले एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य समायोजन गरेको हो। समायोजित मूल्यलाई आधार मानेर आज यी दुबै फण्डको कारोबार खुल्नेछ।
नेप्सेका अनुसार एनआईसी एशिया ब्यालेन्स्ड फण्डको ३० प्रतिशत नगद लाभांश समायोजनपश्चात फण्डको इकाईमूल्य ११ रुपैयाँ २७ पैसा कायम भएको छ।
त्यसैगरी, एनआईसी एशिया ग्रोथ फण्डको पनि ३० प्रतिशत नगद लाभांश समायोजपश्चात फण्डको इकाईमूल्य १२ रुपैयाँ २२ पैसा कायम भएको छ ।
गत बिहीबार एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाई १४ रुपैयाँ २७ पैसा र एनआईसी एशिया ग्रोथ फण्डको इकाई १५ रुपैयाँ २२ पैसामा अन्तिम कारोबार भएको थियो।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया