प्रभु क्यापिटलले लाभांश लगायतका प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

0
Shares

प्रभु क्यापिटल लिमिटेडले प्रस्तावित लाभांश लगायतका अन्य विभिन्न एजेण्डा पारित गर्न असोज १६ गते १३ औं वार्षिक साधारण राखेको छ ।

सभा होटेल, अलफ्ट, ठमेल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । क्यापिटलको भदौ २० गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

साधारण सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको २२ दशमलव ३९ प्रतिशत बोनस शेयर र १७ दशमलव ६१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने रहेको छ ।

साथै, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत रहेको छ । त्यस्तै उक्त साधारण सभाले २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २७ भाद्र २०७८, आइतबार  ०८ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।