शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटा

0
Shares

 
काठमाडौं। शिवम सिमेन्टले प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटालाई नियुक्त गरेको छ। देवकोटाले विगत २२ वर्षदेखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका छन्। उनी करिव ४ वर्षदेखि शिवम सिमेन्टमा आवद्ध छन्।

नवनियुक्त प्रमुख कार्यकारी देवकोटा लामो समयदेखि नेपाली विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरु जस्तै नेस्टले ईण्डिया लिमिटेड, नेपाल लिभर लिमिटेड, वरुण विभरेज नेपाल, नेविको विस्कुट, चौधरी ग्रुप नेपाल र शिवम सिमेन्टस् समेतमा विभिन्न क्षेत्रको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका छन्।

 

देवकोटालाई कम्पनीको सञ्चालक समितिको ५१औं बैठकले चैत्र १ गतेदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

शिवम् सिमेन्ट लिमिटेड सन् २००९ देखि नेपालको केन्द्र भाग हेटौँडामा स्थापित भई जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी क्लिंकर र शिवम् सिमेन्ट तथा शिवमप्लस सिमेन्ट उत्पादन गरिरहेको छ। शिवम् सिमेन्टस् हालै सर्वसाधारणमा प्रिमियम मूल्यमा शेयर जारी गर्ने निजी क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी बनेको छ।