शेयर बजार नेप्से दोहोरो अङ्कले घट्यो

0
Shares

सेयर बजार परिसुचक घट्ने क्रम आइतबार पनि कायम रहेको छ । गत साताभर १६ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) यो साताको पहिलो दिन आइतबार पनि दोहोरो अंक ११.६३ अंकले घटेको छ ।
आइतबार नेप्से ११.६३ विन्दुले घटेर ११८४.७८ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १.९५ विन्दुले घटेर २५९.२९ मा पुगेको छ ।
नेप्से परिसूचकसँगै कारोवार रकम समेत गिरावट आएको छ । आइतबार कूल १६९ कम्पनीका ११ लाख चार हजार ३९५ कित्ता सेयर २९ करोड ७३ लाख ९८ हजार रुपैयाँ बराबरको कारोवार भएको छ ।
नेप्सेका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये वित्त उपसमूहका कम्पनीको मात्र शेयर मूल्य वढेको छ । सो उपसमूहको १.४७ विन्दुले बढेको छ । यस्तै बैंकिङ ७.१४, होटल ३५.९६, विकास बैंक ३.३२, जलविद्युत् १९.७३, निर्जीवन बीमा ८०.०७, उत्पादन ४०.४६, अन्य ४.५, लघुवित्त १३.०४, जीवन बीमा १४३.४९ र सामूहिक लगानी कोष ०.०८ अंकले घटेको छ ।
नेप्सेका अनुसार कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको एक करोड ९७ लाख तीन हजार २०५ बराबरको कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै, शिवम सिमेन्ट एक करोड १९ लाख ६७ हजार ४६०, प्रभु बैंक रु एक करोड पाँच लाख १४ हजार, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर एक करोड तीन लाख र कुमारी बैंक ९३ लाख ५१ हजार रुपैयाँ बराबरको कारोवार भई शीर्षस्थानमा रहेको छ ।

आइतबार सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सो संस्थाका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । युनाइटेड फाइनान्स ९.७१, गरिमा विकास लघुवित्त वित्तीय संस्था ४.९०, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.७७, कर्णाली डेभलपमेन्ट बैंक २.८८, घलेम्दी हाइड्रोका शेयरधनीले २.७४ प्रतिशतले कमाए ।
त्यस्तै साञ्जेन जलविद्युत् कम्पनी ६.४०, रसुवागढी हाइड्रोपावर ५.९४, ओरियण्टल होटल ५.५१, हिमालयन पावर पार्टनर ५.४०, एनएलजी इन्स्योरेन्स ४.८२ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ४.७६ प्रतिशतले गुमाए ।