डिश मिडिया नेटवर्कले सीडब्लुसी लिग २ ट्री नेशन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने

0
Shares

डिश मिडिया नेटवर्कले ओमानमा हुने सीडब्लुसी लिग २ ट्री नेशन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्क लिमिटेड बीच नेपाल र ओमानमा हुने एकदिवसीय अन्तराष्ट्रिय सीडब्लुसी लिग २ ट्री नेशन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमति भएको छ ।

डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह बीच सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सीडब्लुसी लिग २ ट्री नेशन सिरिजका ६ वटा खेलहरु भदौ २८ गते देखि असोज ४ गतेसम्म हुने छ । यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले एक्सन स्पोर्टस् एचडी वान र डिशहोम गो ओटीटी एप मार्फत प्रत्यक्ष प्रशारण हुनेछ ।

नेपाल र अमेरिका विच भाद्र २८ गते, ओमान र नेपाल विच भाद्र २९ गते, ओमान र अमेरिका विच भाद्र ३१ गते, नेपाल र अमेरिका विच असोज १ गते, ओमान र नेपाल विच असोज ३ गते र ओमान र अमेरिका विच असोज ४ गते खेल हुने छ । सम्पुर्ण खेलहरु नेपाली समय अनुसार ४: १५ बजे ओमानबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।