नेपाल फाइनान्सको ७०% हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित

0
Shares

नेपाल फाइनान्स कम्पनी (NFS) को शनिबार सम्पन्न २८ औं वार्षिक साधारण सभाले ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम चुक्ता पूँजीको ७० प्रतिशत अर्थात १ः०.७० अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट सम्पन्न भएको सभाले यसअघिको १ः७५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णयलाई परिमार्जन गर्दै ७० प्रतिशत जारी गर्ने निर्णय गरेको हो ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा प्राप्ति गर्ने कार्य अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

ललितपुर फाइनान्सलाई प्राप्ति पछि नेपाल फाइनान्सको चुक्त पूँजी ४९ करोड ३४ लाख ९६ हजार पुग्नेछ । ७० प्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी ८३ करोड भन्दा बढी पुग्नेछ ।

हकप्रद शेयर निष्कासन प्रक्रिया साधारण सभाबाट पारित भएसँगै फाइनान्स कम्पनीले निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र निष्कासन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २९ भाद्र २०७८, मंगलबार  १४ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।