
नेपाल भारत रेल सेवा सुरुवात भएको १७ वर्षपछि बुधबार पहिलो पटक भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आईपुगेको छ । हल्दीयबाट डेढ दिन लामो समयपछि पहिलो निजी कार्गो रेल वीरगन्ज आईपुगेको हो ।
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बुधबार बिहान १० बजे वीरगन्जस्थित सुख्खा बन्दरगाह आईपुगेको जानकारी दिए । उनका अनुसार हल्दियाबाट खाद्यन्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको हिन्द टर्मिनल प्रालीको एक ¥याकको कार्गो रेल बुधबार वीरगन्जस्थित सुख्खा बन्दरगाह आएको हो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार यो सँगै नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गने बाटो खुलेका छ । दुई दुशबीचको गत जुलाई २०२१ मा रेल सेवा सम्झौता पुनरावलोकन सम्झौता भएकोपछि निजी क्षेत्रको रेल सञ्चालनका लागि बाटो खुला भएको थियो ।
यसअघि विसं २०६१ सालमा भएको नेपाल भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वमित्वको रेलले मात्रै नेपालमा सेवा दिंदै आएको थियो ।
दुई दुशबीचको गत जुलाई २०२१ मा रेल सेवा सम्झौता पुनरावलोकन सम्झौता भएकोपछि निजी क्षेत्रको रेल सञ्चालनका लागि बाटो खुला भएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको रेलले सेवा दिन पाउने सम्झौत भएको २ महिना ६ दिनपछि पहिलो पटक निजी रेल नेपाल आएको जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया