सिभिल बैंकको लिलामी संस्थापक शेयरमा आवेदन गर्ने अन्तिम दिन

0
Shares

सिभिल बैंकले लिलामीमा राखेको झण्डै १३ लाख कित्ता संस्थापक शेयरका लागि आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले भदौ २ गते सोमबारदेखि १०० रुपैयाँ आंकित दरका १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक शेयर बोलकबोल मार्फत बिक्री खुला गरेको थियो ।

बैंकका अनुसार ५ जना संस्थापकहरुले उक्त परिमाणको शेयर बिक्रीमा राखेका हुन । बैंकको शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

क्यापिटलका अनुसार बैंकको लिलामी शेयरमा विद्यमान संस्थापक शेयरधनी तथा बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन गर्न सक्नेछन्। सर्वसाधारण लगानीकर्ताले भने यस बोलकबोलमा सहभागि हुन पाउने छैनन्।

लिलामी शेयरमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको लिलामी शेयरमा न्यूनतम १० हजार कित्ताका देखि राष्ट्र बैंकले निर्धारण गरेको सिमा ननाघ्ने गरी अधिकतम कित्तासम्मको लागि आवेदन गर्न पाइनेछ ।

बोलकबोलमा न्यूनतम एक सय रुपैयाँदेखि बढाबढ गरि प्रतिप्रस्र्धात्मक मूल्यमा आवेदन गर्न सकिन्छ। बढी मूल्य कबुल गरी पेश गरिएको शिलबन्दी बोलपत्रलाई बढी प्राथामिकता दिइने छ।

लिलामी शेयरमा परेको आवेदन भदौ १७ गते बिहान ११ बजे खोलिने शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ।