एक्सेल डेभलपमेन्ट बैंक र सानिमा इक्विटी फण्डको मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक्सेल डेभलपमेन्ट बैंक र सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन गरेका छ ।

नेप्सेले एक्सेल डेभलपमेन्ट बैंकको लाभांश तथा हकप्रद र सानिमा इक्विटी फण्डले प्रतिफल वितरण पश्चातको नयाँ मूल्य तोकेको हो ।

एक्सेलले १२ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयर वितरणको प्रस्ताव गरेको छ । जसको समायोजन पश्चात शेयरमूल्य ७६२ रुपैयाँ ६८ पैसा कायम भएकोे छ।

त्यसैगरी, नेप्सेलेसानिमा इक्विटी फण्डको ३३ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात योजनाको इकाईमूल्य १२ रुपैयाँ ८५ पैसा तोकिएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो।

भदौ ३१ गते, बिहीबार एक्सेल डेभलपमेन्ट बैंकको शेयर प्रतिकित्ता १ हजार ५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने सानिमा इक्विटी फण्डको इकाई १६ रुपैयाँ १५ पैसामा अन्तिम कारोबार भएको थियो।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।