बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेज काठमाण्डौंमा

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार (क्यूआर कोड) विस्तारित गर्नेक्रममा ब्रिटिश कलेज, काठमाण्डौंमा डिजिटल भुक्तानी सेवा संचालनमा ल्याएको छ ।

ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुले मोबाईल बैंकिङ्ग मार्फत यस बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्नसक्नेछन् ।

यस बैंक अफ काठमाण्डूले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनितीक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याइरहेको छ ।

यसै क्रममा बैंकले सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुको आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात,कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दुरीको बसहरु, खाद्य स्टोर तथा पसलहरु, होटल तथा रेस्टुरेन्टहरु, हस्पिटलहरु तथा अन्य महत्वपुर्ण स्थानमा क्यूआर कोड सेवा संचालनमा ल्याइसकेको छ । ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।