बैंक अफ काठमान्डूले १७ प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

बैंक अफ काठमान्डूले गत बर्षको कमाईबाट आफ्ना शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ६ प्रतिशत बोनस तथा ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्। बैंकले गत आवमा एक अर्ब ९३ करोड खुद नाफा तथा वितरण योग्य १ अर्ब ३० करोड आर्जन गरेको थियो ।