नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

नेपाल ल्यूब आयलले घोषणा गरेको लाभांश बारे शेयरधनी तथा लगानीकर्ताले निर्णय लिने आज अन्तिम दिन परेको छ ।

कम्पनीले ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न असोज १८ गते साधारण सभा राखेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज ५ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनुका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ आश्विन २०७८, सोमबार  ०९ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।