विद्युतीय प्रणाली सुधार एवं क्षमता वृद्धिका लागि एडीबीको ६० करोड ऋण

0
Shares

विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब ६० करोड बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

निर्माणका क्रममा रहेका परियोजनाको स्वीकृति गत नोभेम्बरमा भएको थियो । त्यसमा स्वचालित ३४ वटा ग्रीड सवस्टेशनका साथै काठमाडौँ उपत्यकामा स्मार्ट मिटरको जडान, १४४ किलोमिटर प्रसारण लाइन निर्माण र ११३ किलोमिटर प्रसारण लाइनको स्तरोन्नति रहेका छन् । यस्तै विद्युत् वितरण प्रणालीको स्वसञ्चालनका लागि नियन्त्रण कक्ष निर्माण हुनेछ ।

सन् २०२६ सम्म नेपालीको विद्युत् खपत क्षमता ७०० किलोवाट घण्टा पु¥याउने लक्ष्यका साथ एडीबीले नेपालको वितरण प्रणालीको क्षमता वृद्धि, सुधार तथा आधुनिकीकरणलाई जोड दिएको बैंकका ऊर्जा विशेषज्ञ जीवन आचार्यले जानकारी दिए ।

बैंकले सोमबार मनिलाबाट जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो ऋण सहयोगबाट नेपालगञ्ज कोहलपुर १३२ केभी क्षमताको प्रसारण लाइन, चोभार लगनखेल प्रसारण लाइन र दुम्कीबास, लगनखेल, मूलपानी र नेपालगञ्ज सवस्टेशनको क्षमता वृद्धिमा खर्च हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ आश्विन २०७८, मंगलबार  ०९ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।