नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल ल्यूब आयलको ३० प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको छ।
समायोजनपश्चात कम्पनीको शेयरमूल्य २४३ रुपैयाँ तोकिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। सोमबार कम्पनीको शेयर प्रतिकित्ता ३१६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
कम्पनीले ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज १८ गते साधारण सभा डाकेको छ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ५ गतेदेखि १८ गतेसम्म बुकक्लोज गरेको हो। समायोजित मूल्यका आधारमा मंगलबार कम्पनीको शेयर कारोबार खुल्नेछ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया