साढे २ सय अंकको गिरावटपछि दोहोरो अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ कै अवस्थामा लगानीकर्ता

0
Shares

पछिल्लो चार कारोबार दिनमा गरेर साढे दुई सय अंक घटेको शेयर बजार परिसूचक नेप्सेको गिरावट पाँचौ कारोबार दिनमा आएर थामिएको छ । मंगलबार दोहोरो अंकले बजार बढ्दा नेप्से सूचक २७ सय विन्दु माथि उक्लिएको छ ।

३१६२ विन्दुसम्मको एतेहासिक उचाई हासिल गरेको नेप्सेमा उतारचढाब आउँदा २६९८ विन्दुसम्म झरेको थियो मंगलबार १३.८३ अंकको सुधार आएपछि नेप्से सूचक २७१२.०७ विन्दुमा उक्लिएको छ । अघिल्लो दिन नेप्से ११४ अंकले घटेको थियो।

मंगलबार बजार खुलेको केहि बेरमा नेप्से सूचक ओरालो लागेपनि ४० मिनेटपछिकोे कारोबार पश्चात सुधारिने संकेत देखिएको बजार २७६५ विन्दुसम्म उक्लिएको थियो । तर, बन्द हुने समयसम्म आईपुग्दा भने करिब १४ अंक मात्र उक्लियो ।

राष्ट्र बैंकले शेयर धितो कर्जामा राखेको सीमाकै काराण उच्चतम विन्दुमा पुगेको बजार घटेको एक ब्रोकरले बताए । तरलता अभाव, ब्याजदर वृद्धि लगायतले पनि बजारमा असर पारेको छ । तर, राष्ट्र बैंकले शेयर धितोमा लगाएको चार करोड र १२ करोडको सीमाको बन्देजकै कारण ठूला लगानीकर्ता भड्केपछि बजार ओरालो लागेको उनको भनाई छ । अहिले बजार उच्चविन्दुबाट साढे चार सय अंक भन्दा तल झरिसकेको अवस्थामा केहि लगानीकर्ताहरु बजारमा प्रवेश गर्न थालेको पनि ति ब्रोकरले बताए ।

अब सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम सुरु भएको छ । लाभांशका लागि लगानी गर्नेहरुका लागि उपयुक्त समय भएकाले पनि केहि लगानीकर्ताहरु शेयर खरिदमा लागेको उनको भनाई छ । यसले बजार बढाउन केहि सहयोग पुर्याएको भएपनि लगानीकर्ताको मनोबल भने दरिलो हुन सकेको छैन, अझै पनि धेरै लगानीकर्ता पर्ख र हेरकै अवस्थामा छन् । उनले भने ।

बजारको उच्चतम बिन्दुबाट बाहिरिएका लगानीकर्ताहरुले बजार प्रवेश गर्ने उपयुक्त अवसरमा लिदाँ यसको सकारात्मक प्रभाव देखिए पनि अधिकांस लगानीकर्ताको मनोबल अझै बढ्न नसक्दा बजार समाल्हिन नसकेको एक विश्लेषकले बताए । दशैँ तिहार लगायतका चाडपर्वको लागि खर्च जोहो गर्नेहरु पनि बढेकाले बजारमा बिक्रीको चाप रहिरहेको उनको भनाई छ ।

यस दिन नेप्से सूचक १३.८३ अंकले बढेर २७१२.०७ विन्दुमा पुगेको बजारमा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँ बराबरको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर कारोबार भएको छ।

यसदिन अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २५ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ४ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

मंगलबार मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । रु रु जलविद्युत, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेशन, महुली सामुदायीक लघुवित्त लगायतको शेयर मूल्य बढेको छ ।

त्यस्तथै एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ३.४२ प्रतिशतले घटेको बजारमा जानकी फाइनान्स, माउन्टेन इनर्जी तथा सपोर्ट माइक्रोफाइनान्स लगायतको शेयरमूल्य उच्चदरले घटेको छ । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।