सिद्धार्थ बैंकद्वारा जोन्ता क्लब काठमाण्डौं नेपाललाई करिब ५ लाख नगद सहयोग

0
Shares

सिद्धार्थ बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका कमलादी स्थित जोन्ता क्लब काठमाण्डौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत ४ लाख ९७ हजार २ सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सो रकम बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले जोन्ता क्लब काठमाण्डौं नेपालका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुकोे विकास गर्न प्रयोग गर्नेछ । साथै विभिन्न सामाजिक संजालमा उक्त भिडियोको प्रवद्र्धन गरी हिंसा विरुद्ध आवाज उठाउन प्रोत्साहन गर्नेे उद्देश्य जोन्ता क्लबको रहेको छ ।

समाजमा भईरहेका भेदभाव, अत्याचार तथा हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हक अधिकारका लागि कार्यहरु गर्दै आईरहेको संस्था, जोन्ता क्लबलाई बैंकले पु¥याएको यस सहयोगबाट महिला सशक्तिकरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।