जनउत्थान लघुवित्तको लिलामीको शेयरमा आवेदन भर्ने आज अन्तिम दिन

0
Shares

जनउत्थान सामुदायिक लघुवित्तले भदौ १० गतेदेखि लिलामीमा राखेको साढे १८ हजार कित्ता शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले हकप्रदमा नबिकेको १८ हजार ५०३ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो। लघुवित्तले गत असार १२ गतेदेखि साउन १७ गतेसम्म हकप्रद बिक्री गरेको थियो ।

कम्पनीको लिलामी शेयरमा सर्वसाधारणले न्युनतम १०० कित्तादेखि अधकतम सबै कित्ता शेयर खरिदको लागि आवेदन दिन सकिने छ। लिलामी शेयरमा कम्तिमा सय रुपैयाँ अंकित गरी प्रतिशपर्धात्मक मूल्यमा बोलपत्र आवेदन दिन सक्नेछन्।

लिलामी शेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, जनउत्थान लघुवित्तको कार्यालय तथा सिद्धार्थ बैंकका शाखा कार्यालयहरु, विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सर्खेत, धनगढी र महेन्द्रनगरबाट भदौ १७ गतेसम्म आवेदन गर्न पाइने छ।

सोमबार लघुवित्तको दोस्रो बजारमा शेयरमूल्य ८९२ रुपैयाँमा कारोबार बन्द भएको थियो ।